देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण

देशान्तर


काठमाडौ – कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका कर्णाली प्रदेशले एक विज्ञप्ति मार्फत थप १८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।
प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १८ जनामा कोरोना पुष्टि भएको हो ।
सुर्खेतको घण्टाघर क्षेत्रबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा १८ जना संक्रमित भेटिएका हुन् । उनीहरु मध्ये १, २, ३, ६ र १३ वर्षका बालक सहित १३ जना पुरष र अन्य ५ जना महिला रहेका छन् ।