देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्सामा थप ३७ जनामा कोरोना संक्रमण

देशान्तर


काठमाडौ — नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षण थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जना संक्रमित बारा परसौनीका हुन् । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा . मदनकुमार उपाध्यायका अनुसार १२ जना महिलासहित थप ३७ जनामा कोरोना पुष्टि भएको छ । ३७ जना संक्रमितमध्ये २६ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना संक्रमण पोजिटिभ देखिएका हुन् ।

पर्साको छिपहरमाई गाउँपालिका–५ का दुई जनामा पनि कोरोना देखिएको छ । १२ जना संक्रमित वीरगन्ज महानगरपालिका–९ का स्थानीय हुन् । वीरगन्ज कारागारका पनि दुई जनामा कोरोना पुष्टि भएको छ । अन्य संक्रमित हुनेमा वीरगन्ज १० घडिअर्वाका तीन जना रहेका छन् । श्रीपुर नयाँ बस्ती र आदर्शनगरमा थप संक्रमित देखिएका छन् ।