देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

देशान्तर

इटालीयन क्लव एटलान्टालाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन पीएसजी यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति लिस्बनमा भएको पहिलो क्वाटरफाइनलमा पीएसजीले एटलान्टामाथि २–१ को जित निकाल्यो । पीएसजीविरूद्धको एटलान्टाले सुरूवाती गोलको अग्रता जोगाउन सकेन ।

पीएसजीले अन्तिम तीन मिनेटमा २ गोल गर्दा एट्लान्टाको पहिलो पटक सेमिफाइनलमा पुग्ने सपना अधुरो बन्यो ।

२६ औं मिनेटमा एट्लान्टाले अग्रता बनाएको थियो । उसका लागि मारियो पासलीचले गोल गर्न सफल भए । पीएसजीको डिफेन्सले क्लियरेन्स गर्न नसकेको बललाइ डिबक्समा अनमार्क रहेका पासालिचले गोल गरे ।

तर ९० औं मिनेटमा पीएसजीले खेल बराबरीमा पुर्यायो । उसका लागि मार्किन्हसले गोल गरे । चुप मोटीङको क्रसमा नेयमारले प्रहार गरेको बल डिफेन्डरले रोकेपनि मार्किन्हसले बललाई पोस्टको दिशा दिए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा पीएसजीले अन्तर २–१ मा पुर्यायो । नेयमारबाट एमबाप्पे हुँदै आएको बललाई चुपो मोटीङले गोल गर्न सफल भए । तीन मिनेट भित्र २ गोल गरेको पीएसजीले इन्ज्युरी समयको छैटौं मिनेटमा लुइस मुरिएलले पाएको अवसर सदुपयोग गर्न सकेनन् । त्यसपछि बाँकी समयमा एट्लान्टाले खेलमा फर्कने मौका पाएन र पराजित भयो ।

यस जितसँगै पीएसजी क्लब इतिहासमा दोस्रो पटक सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका निम्ति पीएसजीले एटलेटिको म्याड्रिड र आरबी लाइप्जिगबीच खेलको विजेतासँग खेल्नेछ ।