देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा काेराेनाकाे भयावह अवस्था, एकै दिन थपिए ६७ हजार बढी

देशान्तर

भारतमा एकै दिन ६७ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या भारतमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।

यसअघि २४ साउनमा एकैदिन सबैभन्दा धेरै, ६५ हजार १ सय ५६ जना संक्रमित थपिएका थिए । पछिल्ला दुई हप्तायता दैनिक संक्रणमदरमा भारतले अमेरिका र ब्राजिललाई उछिनी रहेको छ । भारतमा बुधबार नौ सय ५० जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार एक सय नाघेको छ । यससँगै भारतमा कोरोना संक्रमितको संख्या २३ लाख ९५ हजार ४ सय ७१ पुगेको छ । १६ लाख ९५ हजार ८६० जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड सात लाख ८६ हजार तीन सय नाघेको छ । संक्रमणको कारण सात लाख ५१ हजार पाँच सय ५५ जनाको मृत्यु भएको छ ।