देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

करातेको ओलम्पिक तयारी स्थगित

देशान्तर

जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीका लागि जारी कराते खेलाडीहरुको प्रशिक्षण स्थगित गरिएको छ ।

कोरोना भाइरसको महामारीका कारण कराते खेलाडीको प्रशिक्षण मङ्‍गलबारदेखि स्थगित गरिएको हो । 

कराते मुख्य प्रशिक्षक दीपक श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षण एक साताका लागि बन्द गरिएको बताए । खेल क्षेत्रका विभिन्‍न व्यक्ति कोरोना सङ्क्रमित भएको खबर प्राप्त भएकाले नेपाल सरकारको निर्देशनको पालना गर्दै कराते प्रशिक्षण हाललाई बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । 

कराते खेलाडीले ओलम्पिकको तयारीका लागि सातदोबाटो कराते एकेडेमीमा अभ्यास गर्दै आएका थिए । सन् २०२१ को जुलाई २३ तारिखदेखि अगस्त ८ सम्म टोकियोमा हुने ओलम्पिकका लागि कराते टोलीले असारदेखि अभ्यास गर्दै आएको थियो । -रासस