देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुटवलको कोरोना अस्पतालमा दुई जनाको मृत्यु

देशान्तर

कोरोना भाइरस संक्रमणवाट बुटवलको कोरोना अस्पतालमा एकजनाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका बडा नम्बर २ जमुवार टोलका ४२ बर्षिय पुरुषको आज बिहान मृत्यु भएको हो ।

बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्थायी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । ज्वरो, रुघाखोकी र स्वास प्रश्वासमा समस्या देखिएपछि उनी २५ गते अस्पताल भर्ना भएका थिए ।

सोही अस्पतालमा कोरोना शंकास्पद अर्का एक पुरुषको पनि मृत्यु भएको छ । कपिलवस्तु कृष्णनगरका ४२ बर्षिय पुरुषको गएराति मृत्यु भएको हो ।

राति १२ बजे अस्पताल भर्ना भएका उनको विहान दुई बजे मृत्यु भएको लुम्विनी प्रादेशिक अस्पतालले जनाएको छ । उनको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।