देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोंगबु घटना : आरोपित ३७ वर्षीया महिला सार्वजनिक

देशान्तर

काठमाडौँ । गोंगबुस्थित डेरामा कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बोहराको हत्यामा संलग्न आरोपित चितवन घर भएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेललाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

प्रहरीले बोहराको हत्यामा प्रयोग भएका विभिन्न औजार पनि सार्वजनिक गरेको छ । शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । पछि कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको कल्पनाले बयान दिएकी छिन् ।

दही खाएपछि कृष्णबहादुर बेहोस भएको र त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरेको खुल्न आएको पनि महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।