देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको मूल्य घट्यो, तोलाको एक लाख एक हजार ६ सय

देशान्तर

काठमाडाैँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबार तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको एक लाख दुई हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रुपैयाँ घटेको हो । आज सुन प्रतितोला एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको मूल्य आइतबारदेखि भने घट्न थालेको हो । चाँदी आज तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अस्थिर हुँदा नेपालमा घटेको महासंघले जनाएको छ ।