देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालको जवाफ- ‘बुद्ध नेपालमा जन्मिएका हुन्, यो विवादको विषय होइन’

देशान्तर

काठमाडौं । नेपाल सरकारले भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान बुद्धलाई ‘महान् भारतीय’ भनेको विषयमा आफ्नो प्रतिक्रिया दिएको छ । भारतीय विदेशमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले यो विवादको विषय नै नभएको बताएको छ ।

परराष्ट्रलाई मिडियाले राखेको जिज्ञासाको जवाफमा गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित कुरा भएको बताएको छ  ।

परराष्ट्रले भनेको छ- ‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित कुरा हो । बुद्धको जन्मभूमि बुद्धिज्मको उदगम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा यहाँको संसदलाई सम्बोधन गर्दै नेपाल विश्वमा शान्तिका दूत गौतम बुद्धको देश भएको बताउनु भएको थियो ।’

परराष्ट्रले नेपालबाट विश्वका विभिन्न मुलुकमा बुद्धिज्म फैलिएको उल्लेख गर्दै तर बुद्ध कहा जन्मेका हुन् भन्ने कुराचाहिँ विवादको विषय नभएको स्पष्ट पारेको छ । यो कुरा शंका र विवादभन्दा पर रहेको भन्दै परराष्ट्र मन्त्रालयले यो बहसको विषय हुन नसक्ने बताएको छ । साथै सारा अन्तर्राष्ट्रिय समूदाय विषयमा जानकार रहेको परराष्ट्रले भनेको छ ।