देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालगञ्जका १५ सहित बाँकेमा थप २० जना कोरोना पुष्टि

देशान्तर

काठमाडौ । बाँकेमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जका अनुसार पछिल्लो २४ घण्टामा बाँकेका २० जनामा कोरोना पुष्टि भएको हो ।

तीन सय जनाको पीसीआर परीक्षण गर्दा बांकेका २० जना र बर्दियाका २ जना गरी २२ जनामा कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ ।

बाँकेका २० जनामध्ये नेपालगञ्ज उपमहानगरपालिकाका ७ महिला र ८ जना पुरुष, कोहपुरका ४ जना पुरुष र एकजना ५२ वर्षका पुरुष जिल्ला समन्वय समिति बाँकेका रहेका छन् । ती पुरुषको ठेगाना डीडीसी बाँके लेखिएको छ । बर्दियाका संक्रमित दुबैजना महिला हुन् ।

एकजना गुलरिया नगरपालिका–५ कि ५६ वर्षीया र अर्की बांसगढी नगरपालिकाकी ४६ वर्षीया महिला हुन् । योसंगै बांकेमा कोरोना संक्रमितको संख्या ५ सय ९६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।

कोरोना संक्रमित बढ्दै गएपछि बाँकेमा अत्यावश्यक सेवाबाहेकका क्षेत्रमा मंगलबार रातिसमम्मका लागि निषेधाज्ञा जारी गरिएको छ भने नेपालगञ्ज उपमहानगरपालिका सिल गरिएको छ ।