देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोनाल्डोले दुई गोल गरे पनि पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

देशान्तर

टुरिन । युभेन्टसविरुद्धको दोस्रो लेगको खेल शुक्रबार २–१ ले गुमाएर पनि लियोनले युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल यात्रा तय गरेको छ । क्रिस्टियानो रोनाल्डोले खेलमा दुई गोल गरे पनि त्यो युभेन्टसका लागि पर्याप्त रहेन । पहिलो लेगमा फ्रान्सेली टिम १–० ले विजयी रहेको थियो । दुई टिमबीचको टाइ २–२ को बराबरी रहेको स्थितिमा लियोन ‘अवे गोल’ को आधारमा अन्तिम आठमा पुग्न सफल रहेको हो ।

अब उसले म्यानचेस्टर सिटीको सामना गर्नेछ । लियोनले दोस्रो लेगमा मेमफिस डेपेले १२ औं मिनेटमा पेनाल्टीबाट गरेको गोल मदतले अग्रता लिएको थियो । त्यस स्थितिमा क्वाटरफाइनल पुग्न इटालीको च्याम्पियन टिमलाई तीन गोलको आवश्यकता थियो । रोनाल्डोले यसका लागि पूरा प्रयास गरे पनि सकेनन् । उनले सुरुमा पेनाल्टीबाट एक गोल गरे र पछि ६० औं मिनेटमा दोस्रो व्यक्तिगत गोल पनि थपे ।