देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

च्याम्पियन्स लिगका खेलहरु आजबाट

देशान्तर

च्याम्पियन्स लिग फुटबलका खेलहरु आजबाट शुरु हुँदैछन् । कोरोना भाइरसको महामारीका कारण रोकिएका खेलहरु आजबाट पुनः शुरु हुन लागेका हुन् ।

युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगको प्रि–क्वाटरफाईनल दोस्रो लेगका दुई वटा खेल आज राति हुनेछन् ।
आज इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र स्पेनको रियाल मड्रिड भिड्दैछन् ।

यी दुई टोलीबीचको पहिलो लेगको खेलमा म्यान सिटी २–१ ले विजयी भएको थियो । आजै इटालीको युभेन्टसले फ्रान्सको लियोंसँग खेल्नेछ । पहिलो लेगमा लियोंले युभेन्टसलाई १–० ले हराएको थियो ।

च्याम्पियन्स लिग राउण्ड अफ सिक्सटिनका अन्य दुई खेलहरुमा भोलि राति बार्सिलोना र नापोली तथा बायर्न म्युनिख र चेल्सी भिड्दैछन् ।