देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्सामा सांसद् प्रदीप यादवसहित थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं । पर्साबाट निर्वाचित सांसद् प्रदीप यादवसहित थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा एक डाक्टर, एक स्वास्थ्यकर्मी, रौतहटका दुई जना र बाराका एक जना छन् । बाँकी सबै पर्साकै रहेको नारायणी अस्पताल वीरगञ्जले जनाएको छ । संक्रमित हुनेहरू १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका रहेका छन् ।