देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दरबारमार्ग वृत्तबाट हटाईए डीएसपी रन्जन दाहाल

देशान्तर

काठमाडौं । महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रन्जन दाहाललाई हटाइएको छ ।

मंगलबार कमलादीबाट बरामद गरेको भनिएको साढे १४ किलो चाँदी र आधा किलो सुन अप्रेशनमा व्यसायिकता प्रदर्शन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई हटाएको हो ।
दाहालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको छ ।

महानगरीय प्रहरी वृत दरबारमार्गमा डिएसपी रामेश्वर पौडेललाई पठाइएको छ । पौडेल यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए । दाहालले कमलादी घटनाको अप्रेसन गरेका थिए ।

सो काण्डमा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मंगलबार काठमाडौंको कमलपोखरी चोकमा चेकजाँचका क्रममा बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी भागेको थियो । प्रहरीले पिछा गरेपछि कमलादीमा साढे १४ किलो सुन जस्तै पहेंलो बस्तु र दुई थान पेस्तोल फालेर सो स्कारपियो भागेको प्रहरीले पत्रकार सम्मेलनमा बताएको थियो ।