देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्धार र राहतमा कुनै कमी हुन्न : गृहमन्त्री थापा

देशान्तर

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो प्रभावितहरुको उद्धार, राहत एवं पुनःस्थापन कार्यमा कुनै कमी नगरिने बताएका छन् । जाजरकोट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलगायत जनप्रतिनिधिहरुसँगको भेटमा उनले सो प्रतिबद्धता व्यक्त गरेका थिए ।

जाजरकोटमा बाढी, पहिरोबाट पीडित भएकाहरुको उचित व्यवस्थापनको माग गर्दै उहाँहरुले आज गृहमन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले बाढी र पहिरो प्रभावितहरुको उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएकोसमेत जानकारी दिए।

उनले बाढीपीडितहरुका लागि तत्काल आधारभूत आवश्यकता पूर्ति गरिसकेपछि पुनःस्थापन र पुनःनिर्माणको कामलाई तिव्रता दिने जानकारी गराए । मुलुकभर पछिल्लो एक महिनामा पहिरोबाट मात्रै ९७ जनाको मृत्यु भइसकेको छ । ४३ जना बेपत्ता छन् । सरकारले बेपत्ताको खोजी तथा राहत र उद्धारको कामलाई तिव्रता दिँदै आएको छ ।