देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानबिन गर्न कांग्रेसको माग

देशान्तर

काठमाण्डौ । नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिले बुधबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको हो ।

समितिका संयोजक प्रकाशशरण महतले स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको पाइएकाले छानबिन गरी कारबाही गर्न माग गरिएको बताए । उनले क्वरेण्टीन केन्द्रहरु मापदण्ड अनुरुप नचल्दा सङ्क्रमण फैलने दर बढेको भन्दै मापदण्डअनुसारका क्वरेण्टीन निर्माण गर्न माग गरिएको बताए । पीसीआर परीक्षणको दायरा तत्काल बढाउन र परीक्षण किटको व्यवस्था गर्न पनि कांग्रेसले माग गरेको छ । निजी क्षेत्रलाई पनि पीसीआर किट आयात गर्न र परीक्षण गर्न दिन माग गरिएको महतले बताए।

देशभित्र पीपीईलगायतका स्वास्थ्य सुरक्षा समाग्री उत्पादन गर्न प्रोत्साहन गर्न र सम्भावित सङ्क्रमणको विस्तारलाई ध्यानमा राखेर अत्यावश्यक स्वास्थ्य सामग्रीको सुनिश्चितता गर्नसमेत कांग्रेसले माग गरेको छ । उनले पटक(पटक कर्मचारीको सरुवा गर्ने प्रवृत्तिले पनि कोभिड–१९ को उपचारमा समस्या आएकोले सरकारलाई गम्भीर हुन आग्रह गरे।