देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा हालसम्म ११ हजार २५ जना संक्रमणमुक्त

देशान्तर

काठमाडौं । बुधबार थप ६९७ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

योसहित नेपालमा हालसम्म ११ हजार २५ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६४ दशमलव २ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। मंगलबारसम्म नेपालमा ३८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

बुधबार ५ हजार ९० जनाको कोरोना परीक्षण भएको छ। हालसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको कोरोना परीक्षण भएको हो। २४ हजार ५ सय २७ जना क्वारेन्टाइनमा छन् भने ६ हाजर १ सय १३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।