देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिममा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार १२ पुरुष र सात महिलासहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना पुष्टि भएकामा कैलालीका चारजना, कञ्चनपुरका ११ जना र अछामका चारजना रहेको सूचना अधिकारी श्रेष्ठले बताए। योसँगै सुदूरपश्चिम प्रदेशमा तीन हजार ८२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।