देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समृद्धिको अभियान काँग्रेसले पूरा गर्छः नेता सिंह

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान काँग्रेसले पूरा गर्ने बताएका छन् ।

चाक्सिबारीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा सिंहे मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन काँग्रेसले मात्र सक्ने बताए ।  पार्टीका पूर्व महामन्त्री सिंहले काँग्रेसको १४ औँ महाधिवेशनले समृद्धिको अभियान पूरा गर्नसक्ने नेतृत्व ल्याउने विश्वास समेत व्यक्त गरे । फागुन ७ देखि शुरु हुने पार्टीको १४ औँ महाधिवेशनले नेतृत्व परिवर्तन हुनुपर्छ, भन्दै सिंहले सिंहले वर्तमान सरकारले समृद्धिको अभियानलाई अगाडि बढाउन नसकेको आरोप लगाए ।

कोरोना परीक्षण र नियन्त्रणमा सरकारले प्रभावकारी ढङ्गले काम गर्न नसकेको उनको भनाइ छ । उन ले चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको भन्दै स्वास्थ्यजस्तो संवेदनशील सामग्रीमा भ्रष्टचार गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउनुपर्ने बताए ।