देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थायी कमिटी बैठक स्थगित गरेर वार्तामा बसेका ओली–प्रचण्ड आज पनि छलफलमा

देशान्तर

काठमाडौं – सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आज पनि छलफलमा जुटेका छन् ।

स्थायी कमिटी बैठक स्थगित गरेर एक्लाएक्लै वार्तामा बसेका दुई अध्यक्षबीच साढे ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मंगलबार ६ दिनपछि भएको डेढ घण्टाको वार्ता निष्कर्षविहिन भएपछि आज पनि ओली– प्रचण्ड वार्तामा जुटेका हुन् ।

पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताएका ओली र दाहालबीचको अबका छलफललाई अझ चासोपूर्वक हेरिएको छ ।

पछिल्लो पटक साउन २ गतेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित भएकाले त्यसअघि नै अध्यक्षद्वयबीच सहमतिको प्रयास हुनेछ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष दाहाल र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन् ।

जारी छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन् भने प्रचण्डले कम्तिमा एउटा पद छाडेर सहमतिमा आउन आग्रह गर्दै आएका छन् । तर, ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिदै आएको बताइन्छ । मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ ।