देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लिम्पियाधुरामा पहल थालौं अयोध्यातिर ध्यान नमोडौं : कांग्रेस

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले लिम्पियाधुरा छाडेर अयोध्यातिर ध्यान नमोड्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या भारतमा नभई ठोरीमा रहेको भन्दै अभिव्यक्ति दिएपछि कांग्रेसले सरकारको कर्तव्य तत्कालीन कोरोना र कालापानी भएको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन् । अयोध्यातिर ध्यान नमोडौं, संसदबाट पारित नक्सामा हक कायम गर्न गम्भीर कूटनीतिक पहल थालौं ।

संसदले हालैमात्र लिम्पयाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन प्रस्ताव पास गरेको थियो । अब लिम्पियाधुरासहितका भूभाग फिर्ता ल्याउन राजनीतिक र कूटनीतिक सम्वाद गर्नुपर्नेमा सरकारले अयोध्यातिर ध्यान मोड्न खोजेको कांग्रेसका नेताहरुले बताए ।

संसदले दिएको जिम्मेवारी अनुसार लिम्पियाधुरासहित नेपाली भूमि फिर्ता ल्याउने प्रक्रियातिर प्रवेश गर्नेभन्दा अतिरञ्जित आनन्दमा लागेको देखियो’ शर्माले भने ।