देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पहिरोमा पुरिएर डोटीमा शिशुको मृत्यु, बझाङका पीडितलाई क्षतिपूर्ति दिइने

देशान्तर

काठमाडौं । पहिरोमा पुरिएर डोटीमा एक शिशुको मृत्यु भएको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्वर ४ सानागाउँको नुवाकोट टोलमा आइतबार बिहान वर्षासँगै आएको पहीरोका कारण भक्त नेपालीको ६ महिने शिशुको मृत्यु भएको हो।

उक्त पहिरोमा परेर उनकी २५ वर्षीया श्रीमती देवा नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी इन्द्र मल्लले जानकारी दिए।उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको छ। पहिरो आउँदा घरभित्र पाँच जना सदस्य रहेकोमा ३ जनाले भने भागेर ज्यान जोगाएका थिए।

बझाङमा पहिरोमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिइने
बझाङमा पहिरोमा परेर मृत्यु भएकाको परिवार र घरमा क्षति भएकालाई क्षतिपूर्ति उपलव्ध गराइने भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले पहिरोमा ज्यान गुमाएकाको परिवारलाई एक लाख र क्षति भएका घरका परिवारलाई १० हजारका दरले तत्काल राहत रकम उपलब्ध गराइने बताए।

जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम उपलब्ध गराइने उनले बताए। ‘सोमबार राहत रकम घरमै पुर्‍याउछौं,’ उनले भने।