देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा आज सामान्य सुधार

देशान्तर

काठमाण्डौ । केही दिनयता उतारचढाव हुँदै आएको शेयर बजार परिसूचक नेप्से आइतबार सामान्य बढेको छ ।

नेप्से आज नौ दशमलव ३५ अङ्कले बढेर १२ सय ६५ दशमलव ४५ बिन्दुमा पुगेको छ । आज ट्रेडिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र म्युचल फण्ड समूहको शेयर सामान्य घटेको छ भने अरु सबैजसो समूहको शेयर सामान्य बढेको छ ।

आज सबैभन्दा धेरै जीवन बीमा समूहको शेयर २ सय १२ अङ्कले बढेको छ । आज एक अर्ब तीन करोड रुपैयाँ बराबरका २८ लाख ६ हजार कित्ता शेयर किनबेच भए ।

आज सूर्योदय जन उत्थान लघुवित्तका शेयरधनीले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । तर सेन्ट्रल फाइनान्स र साल्ट ट्रेडिङका शेयरधनीले १० प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।