देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसको कोरोना समिति टोलिद्धारा टेकु अस्पतालको अनुगमन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतको संयोजकत्वमा गठित कोरोना पछि उत्पन्न परिस्थिति अनुगमन समितिले आज काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अनुगमन गरेको छ।

अनुगमनका क्रममा अस्पतालमा कोरोना भाइरसको परिक्षण गर्न आउने कसैले पनि सामाजिक दुरि कायम नगरेको पाइएको छ। साथै घरबेटीहरुले कोरोना परिक्षण गरेको रिपोर्ट अहिलेसम्म पनि खोजिरहेको कारण कोरोना परिक्षण गर्न हज्जारौं मान्छेको बाक्लो लाइन पनि अस्पतालमा भएको कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले जानकारी दिए।

उनले टेकुमा ३० रुपैयामै कोरोना परिक्षण हुने र अन्य सरकारी अस्पतालले त्यही परिक्षणका लागि ५ हजार भन्दा बढी रकम लिने गरेको कारण पनि टेकु अस्पतालमा कोरोनाको परिक्षण गर्ने संख्या धेरै भएको अनुगमनका क्रममा आफुहरुले बुझेको बताए। अनुगमन पछि डाक्टर महतको टोलिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सगर कुमारी राजभण्डारीलाई भेटेको थियो।

उक्त भेटमा अस्पतालका निर्देशक डाक्टर राजभण्डारीले कोरोनाको परिक्षण शुक्रराजमा मात्रै केन्द्रित भएको कारण यहाँ देशका अहिलेसम्म उपप्रधानमन्त्री इश्वर पोख्रेल नेतृत्वको उच्चस्तरीय समिति तथा स्वास्थ्य मन्त्रालयका कुनैपनी अधिकारहरु नआएको र उक्त अस्पतालमा आउन समेत डराउने गरेको पनि बताएका छन् ।

निर्देशक राजभण्डारीले क्वारेन्टाइनहरुलाई ब्यबस्थित गराउन नसक्दा पनि संक्रमनको दर बढेको कांग्रेस सहमहामन्त्री महतको टोलिलाइ बताए । कांग्रेस सहमहामन्त्री महत नेतृत्वको टोलिमा नेपाली कांग्रेसका केन्द्रियहरु सदस्य एनपी साउद,मोहन बहादुर बस्नेत,डिना उपाध्याय राष्ट्रिय योजना आयोगका पुर्व सदस्यहरु सहभागी थिए ।