देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रपा कार्यसमिति विस्तार

देशान्तर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र आमन्त्रित सदस्यको विस्तार गरेको छ । पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्रबमोजिम त्रयअध्यक्षको सहमतिमा विस्तार गरिएको जनाइएको छ ।

त्रयअध्यक्ष पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिमा ३३७, केन्द्रीय कार्यसम्पादन समितिमा ८२ र केन्द्रीय कार्यसम्पादन समितिमा ११ आमन्त्रित सदस्य रहने छन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिमा पदेन सदस्यका रुपमा रहने व्यवस्था छ । पार्टीले विश्वबन्धु थापाका अध्यक्षतामा उच्चस्तरीय सल्लाहकार समितिसमेत गठन गरेको जनाइएको छ ।

यसैगरी १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन भएको छ । उक्त समितिका सदस्यमा राणा, लोहनी, थापा, दीपक बोहरा, बुद्धिमान तामाङ, राजीव पराजुली, राजेन्द्र लिङ्देन, भास्कर भद्रा र सुशीलकुमार श्रेष्ठ रहेका छन् । यसैगरी विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, ठाकुरप्रसाद शर्मा र श्याम तिमल्सिना पनि सो समितिमा रहेको जनाइएको छ ।