देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झण्डै ४० मिनेट राष्ट्रपतिसँग छलफल गरी प्रधानमन्त्री ओली बालुवाटार फर्किए

देशान्तर

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मध्याहन्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् ।

बालुवाटारबाट बिहान ११ बजेपछि शीतल निवास पुगेका प्रधानमन्त्री ओली झण्डै ४० मिनेट राष्ट्रपति भण्डारीसँग परामर्श गरी फर्किएका हुन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली स्थायी कमिटि बैठक सुरु नगरी राष्ट्रपति कार्यालय शीतल निवास गएका थिए ।

नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल  र माधवकुमार नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेका छन् । उनीहरुले बुधबार बेलुका झम्सिखेलमा छुट्टै भेला गरेर शक्ति प्रदर्शन पनि गरेका थिए ।

बिहीबार बिहान ओली पक्षीय नेताहरु मध्यमार्गी विकल्प लिएर छलफलका लागि खुमलटार पुगेका थिए । त्यहाँबाट आफू पक्षीय नेताले ल्याएको सन्देश सुनेपछि ओली शीतल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओली शीतल निवासबाट फर्किए लगत्तै स्थायी कमिटि बैठक सुरु भएको छ।