देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुई बालिकालाई यौन शोषण गरेको आरोपमा युट्युबर अर्जुन शिवाकोटी पक्राउ

देशान्तर

काठमाडौं । करिब एक वर्षदेखि दुई बालिकालाइ डराई/धम्क्याई यौनशोषण गरेको आरोपमा युट्युबर अर्जुन शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बालिकाहरुको अभिभावकको उजुरीको आधारमा शिवाकोटीलाई आइतबार बानियाटारस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

३८ वर्षीया शिवाकोटीले विगत एक वर्षदेखि आफ्नै घरमा अभिभावकसँग बस्दै आएका १४ वर्षीया र १२ वर्षीया दिदीवहिनीलाई विगत एकवर्षदेखि यौनशोषण गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

१४ वर्षीया बालिकालाई शिवाकोटीले एक वर्षदेखि पटक पटक बलात्कार गर्दै आएको र उनकी १२ वर्षीया बाहिनीलाई पनि पटक पटक यौनशोषण गरेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

शिवाकोटी ‘मेकिङ नेपाल’ नामक युट्युव च्यानलका संचालक हुन् । ०७६ असोजदेखि १४ बर्षीया किशोरीलाई उनले डर, त्रास देखाएर बलात्कार गर्दै आएका थिए । बलात्कृत किशोरीका आमा, बुबासँगै अर्जुन चार बर्षदेखि एउटै घरमा बस्थे ।

पीडित किशोरीको आमासँगै व्यवसाय समेत गर्ने हुनाले छोरीहरुले उनलाई अंकल भनेर बोलाउँथे । अर्जुनले त्यही सामिप्यताको फाइदा उठाएर शोषण गरेको खुलेको छ । छोरीहरुले ‘अंकल’ भन्ने हुनाले सँगै देख्दा परिवारका सदस्यले पनि लामो समय शंका गरेनन् ।

यौन दुर्व्यवहार गरेको थाहा पाएपछि पीडितका परिवारले कुरा उठाउँदा आरोपीले मार्ने धक्कि दिँदै ‘म पत्रकार भएकाले प्रहरीले पनि मलाई केही गर्न सक्दैन’ भनेर डर देखाएको पीडितले बताएका छन् ।

पिडित १४ वर्षीया बालिका हाल डिप्रेसनबाट गुज्रिरहेको पारिवारिक स्रोतले जनायो । उनलाई हाल मनोचिकित्सकले उपचार गरिरहेका छन् । बेलामा झस्किने, टोलाउने, डराउने जस्ता लक्षणहरु विगत केही महिनादेखि बालिकामा देखिएको पारिवारिक स्रोतले बतायो । अभियुक्त अधिकारीले आफूले यौनशोषण गरेको कुरा कसैलाई बताए ज्यान मार्ने धम्की दिदै आएको किशोरीले अभिभावकलाई बताएकी थिइन् ।