नेकपा बैठक आज, सरकारको कामको समीक्षा हुने

  • 13
  •  
  •  
  •  
    13
    Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पुनः बस्दैछ । यसअगाडि तीन दिन बसेको बैठक औपचारिकता र पार्टीभित्र सर्वसहमत विषयमा छलफल भएको थियो ।

तर, आजबाट पुनः शुरु हुने स्थायी कमिटी बैठकमा कोभिड महामारी व्यवस्थापन सहित सरकारको समीक्षा हुँदैछ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाउन भारतीय दूतावास सक्रिय भएको र त्यसमा आफ्नै देशका नेताहरुको संलग्नता रहेको बताए पछि नेकपाभित्रको संघर्ष उत्कर्षमा पुगेको प्रष्ट संकेत देखिएको छ । यसअगाडि पुष्पकमल दाहाल प्रचण्डले असार १० गते नै प्रधानमन्त्री पद छोडेर गल्ती भएको महशुस भएको बताएका थिए ।

प्रधानमन्त्री पदबारे प्रचण्डले अभिव्यक्ति दिएको चार दिन पछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै अभिव्यक्ति दिएका हुन् । तर प्रधानमन्त्रीको अभिव्यक्ति प्रति नेकपाकै नेताहरू पनि सहमत छैनन् ।

प्रधानमन्त्री ओलीले नेपालको नयाँ राजनीतिक नक्सा जारी गरिए बापत आफूलाई भारतीय दूतावासको सक्रियतामा हटाउन खोजिएको अभिव्यक्ति दिएका थिए ।

पहिलो दिन सरकारको बचाऊ गर्दै एक घण्टा लामो मन्तव्य राखेका प्रधानमन्त्री ओली त्यस यताको बैठकमा अनुपस्थित रहेका छन् । १२ असार शुक्रबारको बैठकमा प्रधानमन्त्री अनुपस्थित रहेपछि अष्टलक्ष्मी शाक्य र भीम रावलले चर्को आलोचना गरेका थिए । यसपछि असार १३ गतेको बैठकमा केहीबेर बसेर बाहिरिएका थिए ।

नेकपाभित्रको विवादकै कारण २५ वैशाख र ३१ वैशाखमा बोलाइएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको सवै पार्टी संरचनामा प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एउटा कित्तामा उभिएका छन् ।


  • 13
  •  
  •  
  •  
    13
    Shares

Facebook Comments