देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उच्चस्तरीय समितिको बैठक बस्दै

देशान्तर

काठमाडाैँ । कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक आज बस्दैछ। दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समितिका पदाधिकारीहरुको बैठक बस्न लागेको हो।

कोभिड-१९ को रोकथाम र नियन्त्रणमा भइरहेको प्रयास र क्वारेन्टाइन व्यवस्थापनमा देखिएको समस्या लगायतका बारेमा आजको बैठकमा छलफल हुने बताइएको छ। आजको बैठकमा जारी लकडाउनको स्वरूपलाई के कसरी परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुने समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ।

त्यस्तै सरकारले विदेशमा अलपत्र परेका नागरिकहरुलाई उद्दार गरेर ल्याउने निर्णय गरिसकेकाले त्यसका बारेमा पनि थप गृहकार्य गर्ने विषयमा छलफल हुने बताइएको छ।