देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सांसदको प्रश्नः लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका नागरिकका लागि बजेट खोइ ?

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले लिम्पियाधुरा कालापानी लिपुलेक क्षेत्रमा बस्ने नागरिकहरूलाई बजेटले सम्बोधन नगरेको प्रति आपत्ति जनाए। सोमबार प्रतिनिधिसभा बैठकमा बडुले उक्त क्षेत्रलाई नक्सांकन गरेर मात्र नहुने भएकोले बजेटले पनि त्यस क्षेत्रका नागरिकलाई सम्बोधन गर्नु पर्ने बताए।

‘हाम्रो प्राथमिकताको विषय लिम्पियाधुरा कालापानी लिपुलेक क्षेत्रलाई नक्सांकन गर्नुपर्ने थियो। हामीले त्यो सहमतिका साथ गरेका छौँ। तर त्यो भूगोल भित्र बस्ने जनताका लागि केही सोच्नु पर्दैन ? त्यो प्राथमिकतामा आउन सक्दैन ? त्यहाँ कर्मागत रहेको दार्चुला-तिंकर सडक आयोजनाका निमित्त बजेट छैन। शून्य छ,’ उनले भनेका छन्, ‘त्यहाँको खाने पानी, त्यहाँको सञ्चार, खाद्यान्नको बन्दोबस्त र सुरक्षाको प्रत्याभूति चाहिँदैन।’

सबैले स्वीकारेको महत्त्वपूर्ण राष्ट्रिय विषयमा सरकारले एउटा स्पेसल प्याकेज ल्याउन पर्ने भए पनि त्यहाँका नागरिकको निमित्त बजेटमा कुने व्यवस्था नहुनु दुखद भएको उनले बताए। महाकाली कोरिडोरमा राखेर मात्र यसको समाधान नहुने उनले बताए। दार्चुला-तिंकर सडक आयोजना आज कहाँ गयो ? उनले प्रश्न गरे। सांसद बडुले त्यहाँ छुट्टै योजना र बजेटको आवश्यकता रहेको बताए। उनले त्यहाँ नेपाली सेना लगाएर दुई वर्ष भित्र सडक निर्माण गरिसक्नु पर्नेमा जोड दिए।

शिक्षा नीतिलाई लिएर सरकार आफै अन्तर्द्वन्द्वमा रहनु सैद्धान्तिक विचलन भएको विषय प्रष्टाउन उनले बताए। उनले शिक्षामन्त्री र अर्थमन्त्रीबीचको वाक युद के हो भन्दै प्रश्न गरे।