देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समाजसेवी रवि राणाद्वारा सूर्यविनायक नगरपालिका अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

देशान्तर

काठमाडौं ।  कोरोना भाइरस रोकथामको लागि नेपाल सरकारले लकडाउनको घोषणा गरेसंगै नेपाली जनताको जनजिवन प्रभावित बनेको छ ।

एकातिर कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढिरहेकोछ भने अर्का तिर कोरोनाको उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीहरुको स्वास्थ्य पनि जोखिममा छ ।

यसैलाई मध्यनजर गदै समासेवि रवि राणाको नेतृत्वमा बालकोट युवा समाजले एक कार्यक्रमकोबीच सूर्यविनायक नगरपालिका अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

आफनो स्वास्थ्यको ख्याल नगरी सधै‌ं जोखिममा जनताको स्वास्थ्यको लागि अहोरात्र खटिने सूर्यविनायक नगरपालिका अस्पतालका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामाग्री समाजसेवी रवि राणाले अस्पतालका संचालक समिति अध्यक्ष उतम थापालाई शुक्रबार हस्तान्तरण गरेका हुन् ।

उनले अस्पतालका स्वास्थ्यकर्मीहरुका लागि  पाँच सय थान पन्जा पाँच सय मास्क पाँच लिटर स्यानिटाइजर पाँच थान पीपीई र पाँच थान फेसियल उपलब्ध गराएको समाजसेवी राणाले देशान्तरलाई जानकारी दिए ।