देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लायन्सकर्मीद्वारा भूकम्प पीडितलाई आर्थिक सहयोग

देशान्तर

गणतन्त्र दिवसको अवसरमा कागेश्वरी मनहराका भूकम्प पीडितलाई आर्थिक सहयोग गरिएको छ ।

बिहीवार वडाध्यक्ष राममणि पुडासैनी र वडा सदस्य सुनकुमार नगरकोटीको उपस्थितिमा कागेश्वरी मनोहरा नगरपालिका ३, भद्रवासका भूकम्प पीडित रामप्रसाद नगरकोटीलाई ३८ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

लायन लिडर रमेश कुमार लामाको अगुवाईमा राईजिङसन तथा सुन्दरीजल लायन्स क्लब, लायन लिडर दिपेन्द्र सिम्खडा, लायन्सका पूर्वगर्भनर कुमारराज सुवेदी र आलापोट निवासी जयराम खड्काले मिलेर संयुक्त रुपमा सहयोग गरेकाे जनाइएकाे छ ।

२०७२ सालको विनाशकारी भूकम्पबाट विस्थापित भएका रामप्रसादले अझैं घर बनाउन सकेका छैनन् ।

वर्खायाम सुरु हुँदा ओत लाग्ने ठाउँ बनोस भनेर सानै भए पनि मिलेर सहयोग गरेको लायन्सका पूर्वगर्भनर सुवेदीले जानकारी दिए ।