देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गणतन्त्रले उत्पीडित समूदायको प्रतिनिधित्व गरेको छ : प्रचण्ड

देशान्तर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गणतन्त्रले उत्पीडित समुदायको प्रतिनिधित्व गरेको बताउनुभएको छ ।

१३ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दैै अध्यक्ष प्रचण्डले राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकार सहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको बताए ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षौंदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन, अपितु गुणात्मक परिवर्तनको प्रतिनिधित्व गरेको बताए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रले नेपालमा सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक प्रणालीमा सामान्य मात्रात्मक सुधार होइन अपितु गुणात्मक परिवर्तनको प्रतिनिधित्व गरेको छ ।

यो नयाँ राजनीतिक प्रणालीले देशका सम्पूर्ण उत्पीडित समुदायको अधिकार सहित राज्य सत्तामा समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको छ,’ जारी सन्देमा उनले भने ।