युवकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्मजयन्ती आज

  • 9
    Shares

काठमाडौं । आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्मजयन्ती । वि.सं. १९६९ साल जेठ ९ गते युगकवि श्रेष्ठको ओखलढुंगामा जन्म भएको थियो । उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । लकडाउनका कारण श्रेष्ठको जन्मजयन्ती औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको उनका छोरा रविचरण श्रेष्ठले बताए ।

उनका परिवारले काठमाडौंको न्युरोडस्थित धर्मपथमा रहेको शालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाएका छन् ।सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन् । युगकवि श्रेष्ठले आफ्नो जीवनको साढे छ दशक लामो साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रासंस्मरण लगायतका विधामा सफलतापूर्वक कलम चलाएका छन् ।

उनका ‘मेरो प्यारो ओखलढुंगा’, ‘निर्झर’, ‘भीसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायतका मर्मस्पर्शी रचनाहरु सर्वाधिक चर्चामा छन् । उनका कतिवा संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति रहेका छन् । युगकवि श्रेष्ठको वि.सं.२०४९ साल जेठ २२ गते निधन भएको थियो ।


  • 9
    Shares

Facebook Comments