देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना प्रकोप : विश्वभर ८८ हजारको मृत्यु, १५ लाख बढी संक्रमित

देशान्तर

काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १५ लाख नाघेको छ भने करिब साढे ८८ हजार जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको पछिल्ला तथ्याङ्कअनुसार बुधबारसम्म विश्वभर १५ लाख ११ हजार ३ सय ४२ जनामा संक्रमण भएको पुष्टि भइसकेको छ, जसमध्ये ८८ हजार ४ सय ९ जनाको मृत्यु भएको छ।

संक्रमितमध्ये ३ लाख २९ हजार ७ सय २६ जना उपचारपछि निको भइ घर फर्केका छन् । हालः विश्वभर १० लाख ९३ हजार २ सय १३ जना कोरोनाका संक्रमित उपचारत छन् ।  यीमध्ये ४८ हजार ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १० लाख ४५ हजार १ सय ३५ जनाको अवस्था सामान्य रहेको छ ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो । त्यसयता यो भाइरस बुधबारसम्म विश्वमा २ सय ९ देश तथा क्षेत्रमा फैलिएको छ । नेपालमा हालसम्म ९ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । यीमध्ये एक जनालाई निको भइसकेको छ भने ८ जना उपचारत छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा अहिले अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, चीन, इरान, बेलायत, टर्की, बेल्जियम, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स, क्यानडा, ब्राजिल र पोर्चुगल रहेका छन्।

अमेरिकाम कोरोना भाइरुसका संक्रमित ४ लाख ३० हजार २ सय १० जना पुगेका छन्, जसमध्ये १४ हजार ७ सय ३६ जनाको मृत्यु भइसकेको छ । स्पेनमा रहेका १ लाख ४८ हजार २ सय २० कोरोना भाइरसका संक्रमितमध्ये १४ हजार ७ सय ९२ जनाको मृत्यु भएको छ । इटालीमा कोराना भाइरस संक्रमितको संख्या १ लाख ३९ हजार ४ सय २२ रहेको छ । यीमध्ये १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ ।

जर्मनीमा रहेका १ लाख १३ हजार २ सय ९६ जना कोरोनाका संक्रमितमध्ये २ हजार ३ सय ४९ जनाको मृत्यु भइसकेको छ । फ्रान्मा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १२ हजार ९ सय ५० पुगेको छ, जसमध्ये १० हजार ८ सय ६९ जनाको मृत्यु भएको छ । चीनमा कोरोनाका संक्रमित ८१ हजार ८ सय २ पुगेको छ । यीमध्ये ३ हजार ३ सय ३३ जनाको मृत्यु भइसकेको छ ।

इरानमा रहेका ६४ हजार ५ सय ८६ जना कोरोना भाइरसका संक्रमितमध्ये ३ हजार ९ सय ९३ जनाले ज्यान गुमाइसकेका छन् । बेलायमा रहका ६० हजार ७ सय ३३ कोरोना भाइरसका संक्रमितमध्ये ७ हजार ९७ जनाको मृत्यु भएको छ । टर्कीम ३८ हजार २ सय २६ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । यीमध्ये ८ सय १२ जनाको मृत्यु भएको छ ।

बेल्जियममा २३ हजार ४ सय ३ जना कोरोना भाइरसका सं क्रमित रहेकोमा २ हजार २ सय ४० जनाको मृत्यु भइसकेको छ । स्वीट्जरल्याण्डमा २३ हजार २ सय ८० मा कोरोनाको संक्रमण पुष्टभएको छ, जसमध्ये ८ सय ९५ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा संक्रमितको संख्या २० हजार ५ सय ४९ पुगेको छ । यीमध्ये २ हजार २ सय ४८ जनाको मृत्यु भइसकेको छ । बाँकीको मृत्यु र बिरामी अन्य देशमा रहेका छन् ।