देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महावीर पुनले दिए १ सय १८ वटा एम्बुलेन्सलाई पिपिई

देशान्तर

काठमाडौं । राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनले १ सय १८ ओटा एम्बुलेन्सलाई नि:शुल्क पिपिई बाडेका छन् । पिपिई नभएको कारण एम्बुलेन्स चालकले बिरामी ओसार्न नमानेको थाहा पाएपछि उनले एम्बुलेन्स चालकलाई पिपिई लिन आउन आग्रह गरेका थिए ।

‘यहाँ पिपिई लिन आउन कुनै सिफारिस चाहिंदैन । एम्बुलेन्स चलाएर अविष्कार केन्द्र जानेले सजिलै पाउन सक्छन्,’ पुनले भने । अविष्कार केन्द्रमा दैनिक १२० देखि १३० वटासम्म पिपिई उत्पादन भइरहेको उनले जानकारी दिए । त्यस्तै अविष्कार केन्द्रबाट नेपालभर १ सय ५० भन्दा धेरै अस्पतालले पिपिई लगेको पुनले बताए ।

केही दिनअगाडि पिपिई बनाउनको लागि आर्थिक अभाव भएको भन्दै पुनले ७ लाख रुपैयाँ सापट मागेका थिए । त्यस रकममध्ये ४ लाख सापटी र ३ लाख दान पाएको उनले जानकारी दिए ।