देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडाैं बस्ने कर्णालीवासीलाई कांग्रेस सहमहामन्त्री महतले गरे खाद्यान्न सहयोग

देशान्तर

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डाक्टर प्रकाश शरण महतले काठमाडौंमा बस्दै आएका कर्णालीवासीलाई खाद्य सामाग्री र माक्स बितरन गरेका छन् ।

उनले काठमाडौंमा कोठा भाडामा बस्दै आएका कर्णालीवासीलाई खाद्यवस्तुको अभाव भएपछि १५ बोरा चामल र एक हजार थान मास्क उपलब्ध गराएको उनका सहयोगी अनुराग शाहले जानकारी दिए ।

सरकारले खाद्यबस्तु अभाव भएकाहरुलाई खाद्यबस्तु उपलब्ध गराउने भनेर राहत प्याकेज ल्याए पनि राजधानीमा बसिरहेका कर्णालीवासीले अहिलेसम्म राहत नपाएपछि कांग्रेस सहमहामन्त्री महत आफैले राहत उपलब्ध गराएको उनका सहयोगी शाहले बताए ।