देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

किराना व्यवसायीको गोदाम निरीक्षण गर्दै मन्त्री भट्ट

देशान्तर

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल खाद्य किराना व्यवसायी संघसँग रहेको खाद्यान्न मौज्जात अवस्थाको निरीक्षण गरेका छन्।

अनुगमनका क्रममा संघले गोदाममा प्रयाप्त खाद्यान्न रहेको तथा भारतबाट नियमित आयात भईरहेकोले अभाव नहुने बताएका छन्।

व्यवसायीहरूले ट्रक चालक तथा लोडर (लेबर) हरूको आवत जावतको लागि पासको समस्या रहेको मन्त्री भट्टलाई बताए।

मन्त्री भट्टले आवत–जावतको लागि पासको ब्यवस्थापनका साथै आवश्यक परे ट्रक चालक तथा लेबरहरूको खाने बस्ने ब्यवस्था गोदाम नजिकै गरिदिनु पर्ने बताए।

मन्त्री भट्टले ब्यापारीहरूलाई राष्ट्र संकटको घडिमा मुनाफा मात्र हेरेर काम नगर्न आग्रह गरेका छन्।संकटको बेला कालोबजारी गरेमा ऐन अनुसार कडा कारबाही गरिने बताए।

अनुगमनमा वाणिज्य सचिव बैकुण्ठ अर्याल र वाणिज्य विभागका महानिर्देश नेत्रप्रसाद सुवेदी लगायत उपस्थित थिए।