देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोकतान्त्रिक मान्यताको सम्मान गर्नु सबैको कर्तव्य : नविन्द्रराज जोशी

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले जनआन्दोलनको जगमा स्थापित लोकतन्त्रका आधारभूत मान्यताको सम्मान गर्नु सबैको कर्तव्य भएको स्मरण गराएका छन् ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्षसमेत रहेका जोशीले प्रजातन्त्र पुनस्र्थापना भएको दिनको अवसर पारेर बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जनआन्दोलनको जगमा स्थापित लोकतन्त्रका आधारभूत मान्यताको सम्मान गर्नु सबैको कर्तव्य भएको स्मरण गराएका हुन ।

“लोकतान्त्रिक योद्धाहरुले बगाएको रगत र पसिनाको उच्च सम्मान गर्दै आजको दिनको महत्व र गरिमालाई चीरस्थायी बनाउन जनआन्दोलनका जगमा स्थापित लोकतन्त्रका आधारभूत मान्यता, लोकतान्त्रिक संविधानको संरक्षण, नागरिक अधिकार र स्वतन्त्रताको सम्बर्द्धन तथा सबै राष्ट्रिय संस्थाहरुको महत्व र गरिमाको सम्मान गर्नु सबै राजनीतिक दलहरु, नागरिक समाज र सरकारको कर्तव्य हो,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेता जोशीले भ्रष्टाचार, अविवेकी निर्णय, लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार जस्ता विषयमा सम्वेदनशील हुँदै लोकतन्त्रप्रतिको आफ्नो विश्वासलाई दृढ बनाउँदै जनतामा लोकतन्त्रप्रतिको भरोसा बढाउनेतर्फ उन्मुख हुन पनि सरकारसँग आग्रह गरेका छन् ।

३० वर्ष अघि आजकै दिन अर्थात् २०४६ चैत २६ गते जनताको सहयोग, समर्थन र सहभागिताबाट सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा जनआन्दोलन सफल भएर प्रजातन्त्रको पुनस्र्थापना भएको थियो ।