देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सातवटै प्रदेशमा जनशक्ति पहिचान गर्न स्वास्थ्य मन्त्रालयको टोली

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक कर्मचारी पहिचान गर्न कर्मचारी खटाएको छ ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले मन्त्रालयका ११ तहका कर्मचारी नेतृत्वमा टोली खटाई तीन दिनभित्र ती प्रदेशमा कति आवश्यक कर्मचारी कति चाहिन्छ सो सिफारिस गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको बताए ।

“सातवटै प्रदेशमा कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न कति कर्मचारी चाहिन्छ”, उनले भने, “ती कर्मचारीले त्यहाँ जनशक्तिको अभाव भए निजी अस्पताल तथा अन्तर सरकारी अस्पतालसँग समन्वय गर्ने, करार वा स्वयंसेवक राखी जनशक्ति बढाउन कर्मचारीलाई खटाइएको हो ।”

यसैगरी चैत महिनामा विदेशबाट आएका उपत्यकामा मानिसको पनि उपत्यकामा रहेका स्थानीय तहको समन्वयमा नमूना परीक्षण गरिने उनले जानकारी गराए । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा नमूना सङ्कलन गरी परीक्षण गर्ने उपत्यकामा स्थानीय तहका प्रमुख र वडाअध्यक्षले समन्वय गर्ने उनले बताए ।

यसैगरी कोभिड–१९ का लागि १० वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिने भएको छ । उनका अनुसार मन्त्रालयले चार, राष्ट्रिय एम्बुलेन्स सेवाले पाँच र काठमाडौँ महानगरपालिकाले एक एम्बुलेन्स तयारी अवस्थामा राखेका छन् ।

प्रवक्ता डा देवकोटाले १४ दिनपछि पनि कोभिड–१९ पोजेटिभ देखिएकाले अझै क्वारेन्टाइनमा बस्न आग्रह गरे । उनले कैलाली, कञ्चनपुर र बाग्लुङमा विदेशबाट आएका सबैको मङ्गलबारदेखि र्‍यापिड डाइगोनोष्ट टेष्ट गरिने बताए ।

अहिलेसम्म एक हजार ६९७ को नमूना परीक्षण गरिएको छ । आजदेखि धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण गर्न थालिएको छ । अहिले उपत्यकासहित १० ठाउँमा नमूना परीक्षण भइरहेको छ । उनका अनुसार उपत्यकामा १२ र उपत्यकाबाहिर ९५ जना आइसोलेशनमा रहेका छन् । अहिलेसम्म नौ हजार १६८ जना क्वारेन्टाइनमा बसेका छन् ।

यसैगरी मन्त्रालयले सङ्क्रमित आठजनाको नजीकका आफन्त, साथीभाइको पनि कन्ट्याक ट्रेसिङ गरिरहेको जनाएको छ । मोबाइल एप र मन्त्रालयको वेबसाइटबाट आज एक हजार २९१ जनाले आफैँ परीक्षण (सेल्फ इभ्यालुसेन) गरेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । ती परीक्षण गर्दा पाँचजना रेड जोनमा परेका छन् । यसैगरी नेपाल मेडिकल काउन्सिलको नेतृत्वमा गएको टोलीले त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल, काठमाडौँ मेडिकल कलेजमा गरेको अनुगमनको पनि समीक्षा गरिएको जानकारी उनले दिए ।