देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भैरहवा प्रयोगशालामा कोरोना परीक्षण गरिएका १० को रिपोर्ट नेगेटिभ

देशान्तर

लुम्बिनी । कोभिड –१९ को प्रयोगशाला परीक्षणका भैरहवामा स्थापित प्रयोगशालामा आज पहिलो दिन नौ नमूना परीक्षण भएको छ । प्रयोगशालामा आज संकलित २८ नमूना स्वाबको परीक्षण भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्रकुमार गिरीले जानकारी दिए ।

रुपन्देहीको भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्र परिसरमा आइतबार बेलुकीदेखि प्रयोगशाला सञ्चालनमा आएको हो । सो दिन पहिलो रिपोर्ट पनि नेगेटिभ आएको थियो । डा गिरीका अनुसार आइतबार र आज संकलन भएका २९ मध्ये १० परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएका छन् ।

प्रयोगशाला सञ्चालनमा आएपछि दैनिक १५ जनासम्मको परीक्षण गर्न सकिने भएपछि आजदेखि प्रयोगशाला प्रदेश नं ५ का स्वास्थ्य केन्द्रले कोरोना परीक्षणका लागि बिरामीको स्वाब संकलन गरी पठाउन थालेका छन् ।

प्रयोगशालामा जडित उपकरणको डिसइन्फेक्ट गरी स्ट्यान्डर्ड टेष्ट गरेर परीक्षण आइतबारदेखि शुरु भएको हो । प्रयोगशालाको गुणस्तर तथा मापदण्ड परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले विष्णु रायमाझीलाई तथा प्रदेश जनस्वास्थ्यले प्रयोगशाला सञ्चालनका लागि लुम्बिनी प्रादेशिक अस्पतालबाट थप दुई जनालाई तोकेका छन् ।

प्रदेश नं ५ मा भैरहवाको अतिरिक्त दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा समेत प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण शुरु गर्ने तयारीमा छ । प्रयोगशालामा संघीय सरकारले पठाएको पिसिआर मेशिनबाट कोरोना परीक्षण हुने छ ।