देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाविरुद्धको अभियानमा ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने सरकारको निर्णय

देशान्तर

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र उपचारमा ग्रामीण स्वयंसेविकाहरू परिचालन गर्ने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभर रहेका त्यस्ता स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले देशमा झन्डै ५० हजार स्वयंसेविका रहेको जानकारी दिँदै उनीहरूलाई विशेष भत्ता र बिमा व्यवस्था गरेर खटाइने बताए ।

यसअघि सरकारले कोरोना रोकथाम र उपचारमा खटिने स्वास्थ्यकर्मीलाई २५ लाख बिमा र ५० देखि १०० प्रतिशत भत्ता दिने निर्णय गरेको छ। कस्ता स्वास्थ्यकर्मीले कति भत्ता पाउने भन्ने कार्यविधि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयमा पेस गरिसकेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जनाए ।

यस्तै बैठकले क्वारेन्टाइनमा १४ दिन बसेकाहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै घर जान दिने निर्णय गरेको छ । स्वास्थ्य परीक्षण गर्दा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिए उनीहरुलाई आइसोलेसनमा राखिने भएको हो ।