देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना प्रकोप : मृतकको संख्या ७० हजार नजिक, साढे १२ लाख संक्रमित

देशान्तर

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या झन् बढेको छ । संक्रमणबाट विश्वभर ६९ हजार बढीको मृत्यु भएको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म ६९ हजार ४ सय २४ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या १२ लाख ७२ हजारभन्दा बढी पुग्दा २ लाख ६२ हजारभन्दा बढी निको भएका छन् ।

चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि अमेरिका, फ्रान्स, इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।

पछिल्ला दिनमा कोभिड(१९ को इपीसेन्टर बनेको अमेरिकामा २४ घण्टामा थप २५ हजार १९३ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ५५० पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९ हजार ६१० छ । गएको २४ घण्टामा अमेरिकामा १ हजार १५९ जनाको मृत्यु भएको छ ।

इटालीमा १ लाख २८ हजार ९४८ कुल सङ्क्रमित भएका छन् भने १५ हजार ८८७ को मृत्यु भएको छ । यसैबीच २१ हजार ८१५ निको भएर फर्किएका छन् । स्पेनमा एक लाख ३१ हजार ६४६ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ६४१ को मृत्यु भएको छ । यसैबीच ३८ हजार ८० निको भएर फर्किएका छन् ।

त्यस्तै फ्रान्समा ९२ हजार ८३९ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ७८ को मृत्यु भएको छ । यसैबीच १६ हजार १८३ निको भएर फर्किएका छन् । बेलायतमा अहिलेसम्म ४७ हजार ८०६ कुल सङ्क्रमित भएका छन् भने ४ हजार ९३४ को मृत्यु भएको छ ।

इरानमा ५८ हजार २२६ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ६०३ को मृत्यु भएको छ । यसैबीच १९ हजार ७३६ निको भएर फर्किएका छन् । चीनमा अहिलेसम्म ८१ हजार ६६९ कुल सङ्क्रमित भएका छन् भने ३ हजार ३२९ को मृत्यु भएको छ । यसैबीच ७६ हजार ९६४ निको भएर फर्किएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म १७ हजार ८५१ जना संक्रमित भएका छन् भने एक हजार ७६६ जनाको मृत्यु भएको छ । जर्मनीमा एक लाख १२३ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ५८४ को मृत्यु भएको छ । यसैबीच २८ हजार ७०० निको भएर फर्किएका छन् ।

बेल्जियममा १९ हजार ६९१ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ४४७ को मृत्यु भएको छ । यसैबीच ३ हजार ७५१ निको भएर फर्किएका छन् । त्यस्तै स्विटजरल्याण्डमा कुल २१ हजार १०० संक्रमित भएका छन् भने ७१५ जनाको मृत्यु भएको छ । त्यहाँ ६ हजार ४१५ जना निको भएर फर्किएका छन् ।