देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हृदयघातबाट न्यूयोर्कमा एक नेपालीको मृत्यु

देशान्तर

अमेरिका । न्यूयोर्क निवासी अजयमान छोंचुँको स्थानीय एल्मष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको छ । नेवा नख न्यूयोर्कका अनुसार अस्पतालले हृदयघातका कारण उपचारत छोंचुँको शनिवार दिउँसो ४ बजे मृत घोषणा गरेको थियो ।

ब्याक्टेरियल निमोनिया देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । छोंचुँको निधनप्रति नेवा नख न्यूयोर्क लगायतका संघ संस्थाले दुख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । दुई साताअघि परीक्षण गर्दा छोंचुँकी श्रीमतीमा कोरोना नेगेटिभ देखिएको थियो ।

अस्पतालले शव जलाउने नीजि कम्पनी बुक गरेपछि जानकारी दिन भनेको समाचार अन्नपूर्णमा छ । अस्पतालले यसरी फनरल होम ुशव जलाउने घरु बुक गरेपछि खबर गर्न भनेपछि दाहसंस्कारमा समुदायका अन्य व्यक्ति समावेश गर्ने नगर्ने बारे परिवार अन्यौलमा छ । छोंचुँ श्रीमती र परिवारसहित न्यूयोर्कको क्विन्सस्थित ग्रयाण्ड एभिन्यूमा बस्दै आएका थिए ।