देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमित युवककी श्रीमतीसहित परिवारका सात जनाको रिपोर्ट नेगेटिभ

देशान्तर

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवककी श्रीमतीसहित परिवारका सात जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

उनकी ३४ वर्षीया भाउजुको रिपोर्ट भने हिजोनै पोजिटिभ आएको छ । परिवारका ८ जना सदस्यको थ्रोट स्वाव संकलन गरिएकोमा उनकी ३४ वर्षीया भाउजुको रिपोर्ट पोजिटिभ आएको अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले बताए । डा. जोशीले संक्रमितकी श्रीमती, चार वर्षीया छोरी, बुवा,आमा, दाजु र भतिजीको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

युवकका अन्य दुई जना नातेदारको पनि स्वाब काठमाडौं पठाइएको छ । उनीहरूको रिपोर्ट आएको छैन । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का बासिन्दा कोरोना संक्रमित युवक नेपालका चौथो संक्रमित व्यक्ति हुन् ।

दुबैबाट भारतको दिल्ली हुँदै चैत ७ गते नेपाल पुगेका उनी ११ गते अस्पताल भर्ना भएका थिए । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उनीसहित चार जनाको उपचार भैरहेको छ। तीन जना नयाँ संक्रमित हिजो मात्रै थपिएका हुन् । जसमा उनकी भाउजू पनि छन् ।