देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कमल थापाले भने- ‘सार्वजनिक खरीदबिक्रीको काम सेनालाई दिनु हुन्‍न’

देशान्तर

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले सार्वजनिक खरीदबिक्रीको काममा नेपाली सेनालाई प्रयोग गर्न नहुने बताएका छन् । उनले आज ट्वीट गर्दै सेनाले पनि त्यस्तो जिम्मा स्वीकार गर्नु नहुने प्रतिक्रिया दिएका हुन् ।

‘सेनालाई जिम्मा दिँदा त्यसले सरकारको नियमित कार्य क्षमतामा ह्रास आएको र असक्षम भएको प्रमाणित गर्दछ’, थापाले भनेका छन् । अहिले नै त्यो अवस्थामा पुगि नसकेको थापाले लेखेका छन् ।

स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी नेपाली सेनालाई दिने चर्चा बाहिर आएसँगै हिजै पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले ‘भाइरस मार्ने बन्दुक र गोलीले हैन होला’ भन्दै टिप्पणी गरेका थिए ।