देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनेता सलमानका भतिज अब्दूलाको मृत्यु

देशान्तर

काठमाडौं । बलिउड अभिनेता सलमान खानका भतिज अब्दूला खानको मृत्य भएको छ । ३८ वर्षको उमेरमा सोमबार राति उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

भारतीय केही सञ्चार माध्यमले उनको मृत्यको कारण कोरोना भाइरसको संक्रमण भएको आशंका गरे पनि उनको कोरोना परीक्षणको रिपोर्ट भने आउन बाकी रहेको जनाइएको छ ।

इन्दौरमा बस्दै आएका अब्दुलाको फोक्सोमा समस्या रहेको जनाइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । मृत्युको खबरले सलमानको परिवार स्तब्ध बनेको छ ।