देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधानलाई उपेक्षा गर्दै सरकार कानुन बनाएर कम्युनिष्ट शासन ल्याउन उद्दत भयो : वरिष्ठ नेता पौडेल

देशान्तर

अहिले कम्युनिष्ट पार्टीको दुईतिहाई नजिकको सरकार छ । मैले नेकपाको केन्द्रीय कमिटिको बैठकले पास गरेको दस्तावेज हेरेको थिए । उनीहरु राज्य व्यवस्थालाई आफ्नो सिद्धान्त अनुरुप बनाउने तयारीमा छन् । उनीहरु राज्य व्यवस्थालाई आफ्नै ढाँचा लैजानुपर्ने मत कम्युनिष्ट पार्टीको बैठकमा नेताहरुले उठाएका थिए । कम्युनिष्ट नेताहरुले भाषणमा मात्र होइन, अब कम्युनिष्ट पद्दतीलाई अगाडि बढाउन बहस सुरु गरेका छन् । राज्य व्यवस्थालाई अब सर्वसत्तावाद तर्फ उन्मुख गराउदै छन् । उनीहरु २०४६ सालमा कम्युनिष्ट नारा चल्दैन भनेर जनताको बहुदलिय जनवाद भनेर जनतालाई झुक्याएका थिए । बहुलवाद मान्ने भनेर जनतासंग भोट मागेर आज दुईतिहाई नजिक पुगेपछि कम्युनिष्ट आर्दश अनुसारको शासन व्यवस्थाको बहस सुरु गरेका छन् । उनीहरुले आफ्नो इच्छा संविधान बनाउने बेलामा पनि प्रकट गरेका थिए । तर हामीले त्यो बेलामा उनीहरुको इच्छालाई रोकियो । लोकतान्त्रीक पद्दतीको शासन व्यवस्था हुने गरि संविधान बनायौ । तर अहिले उनीहरु संविधान बनाउने क्रममा देखाएका कम्युनिष्ट आर्दशलाई कानुन बनाएर प्रयोग गर्न लागिरहेका छन् । कानुन बनाएर शासन गर्न लागेका छन् । संविधानलाई रद्दीको टोकरीमा फालेर नयाँ नयाँ कानुन बनाउन कम्युनिष्टहरु लागेका छन् । हाम्रो कमजोरीका कारण जनताका आँखामा छारो हालेर कम्युनिष्टहरुले जनमत ल्याए । अहिले त्यही जनमतको दुरुपयोग गर्न लागेका छन् । नेपाली जनताले कम्युनिष्टहरुलाई बहुलवाद मास्न कम्युनिष्ट शासन लागू गर्नका लागि मत दिएका होइनन् ।

उनीहरु अहिले शितलनिवासलाई शक्तिशाली बनाउने दाउमा छन् । राष्ट्रपतिलाई शक्तिशाली बनाएर राष्ट्रपति शासन लागु गर्ने तयारीमा छन् । यो संविधानसभाले बनाएको संविधानको मर्म विपरित हो । संविधानलाई पन्छाउदै विभिन्न कानुन बनाएर उनीहरु राष्ट्रपतिको अधिकार बढाउने तयारीमा छन् । कम्युनिष्टहरु ताली मात्रै बजाउने जनमत तयार गर्दैछन् । जनता भनेको कम्युनिष्ट पार्टीको सर्मथन गर्ने मात्रै हुन भन्ने कम्युनिष्ट आर्दश अनुसार अहिलेको सरकारले काम गरिरहेको छ । सरकारको सर्मथन नगर्नेलाई सरकार छानि छानि बदनाम गराउन लागेको छ । क्याविनेटमा प्रस्ताव लैजाने प्रधानमन्त्री र मुख्यसचिहरुलाई सरकारको निर्देशनमा अख्तियारले चोख्याएको छ । अनि एउटा मन्त्री र सचिवलाई फसाइएको छ । यो भनेको रातो झण्डा ओढेपछि सवै खत माफ हुन्छन भन्ने हो । वाइडवडिको छानविन हुन्न । माओवादी शिविरमा भएको भ्रष्टाचारको छानविन हुन्न । भ्रष्टाचारका ठूला ठूला काण्ड किन लुकाउन खोजिदै छ । संवैधानिक निकायलाई सरकारको आज्ञापालक बनाइएको छ । उनीहरुलाई आफ्नो अनुकुल हिडाउने कोशिश भइरहेको छ ।

चुनाव हारेको दिनदेखि धरानमा तिलक राईले घर घर पुगेर जनताको दुख सुखमा साथ दिएर जनतालाई प्रभावित बनाउनुभयो । चुनाव लड्ने मान्छेले आफुलाई निर्विवाद र निर्विकल्प बनाउनुपर्छ । जनताको मागलाई सम्बोधन गर्नु जनताको सुख दुखमा साथ दिनु राजनीतिक नेता कार्यकर्ताको सफलता हो । जसले जनताको सुख दुखमा साथ दिन्छ तीनै राजनीति नेता कार्यकर्ताले सफलता पाउछन् । राजनीति नेता कार्यकर्ताको अर्को सफलता भनेको क्रियाशीलता र कर्मशिलता हो । नेतृत्व जति क्रियाशिल हुन्छ त्यती नै जनतासम्म पुग्न सहज हुन्छ । कर्मशिल भएर लाग्ने नेता कार्यकर्तालाई राजनीति दलले अन्याय गर्न सक्दैनन् । कर्मशिल र क्रियाशील नेता कार्यकर्ताको पक्षमा आम जनता हुनेभएकाले राजनीति पार्टीले उनीहरुलाई उपेक्षा गर्न सक्दैनन् । कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ । निष्ठावान आर्दशवान सवै मानिस कांग्रेसमा छन् । हामीले कम्युनिष्टसंग निष्ठाको लडाई लड्नुपर्छ । अब ओरल्ली मोरल्ली र पोलिटिकल्ली कम्युनिष्टसंग लडाई लड्न सक्नुपर्छ । ओरल्ली मोरल्ली र पोलिटिकल्ली कम्युनिष्टसंग भिड्न सक्ने नेता कार्यकर्ता कांग्रेसलाई आवश्यक छ ।।।

नेपाली कांग्रेस धरान नगरसमितिद्धारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै