नयाँदिल्ली : चीनबाट फैलिएको कोरोना भाइरसका बिरामी भारतमा पनि देखिएका छन् ।
भारतको केरलामा बिहीबार पहिलो बिरमी पुष्टि भएको भारतीय च्यानल एएनआईले जनाएको छ । एएनआईले ट्वीटरमार्फत यसबारे जानकारी गराएको छ ।
कोरोना भाइरस लागेका बिरामी चीनको वुहानबाट फर्किएको बताइएको छ । भारतमा अहिले ती बिरामीलाई उच्च सतर्कता साथ स्वास्थ्यकर्मीको निगरानी राखिएको छ । चिनमा भाइरसका १७० को मृत्यु भएको छ । चिनभन्दा बाहिरको देशमा भने अझै कोरोनाको कारण मुत्यु कसैको पनि भएको छैन ।
प्रतिक्रिया