देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओली औषधीको मात्रा मिलाउन सिंगापुर जाँदै

देशान्तर

नौ दिनसम्म सिंगापुरमा उपचार गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुन: सिंगापुर लैजाने तयारी  भएको छ । उनलाई भदौको पहिलो साता सिंगापुर लगिने तयारी भएको छ ।   सिंगापुरमा उपचारमा रहँदा प्रधानमन्त्री ओलीको स्वास्थ्यको औपचारिक जानकारी समेत दिइएको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले  प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य चेक–अप (फलोअप) को लागि सिंगापुर जान लागेको जानकारी दिएका छन् ।

उनले भने,‘उहाँ फलो–अपको लागि सिंगापुर जाँदैहुनुहुन्छ । औषधीको मात्रा मिलाउनुपर्ने भएकोले जान लाग्नुभएको हो ।’ उनले फेरि मृगौला प्रत्यारोपण हुने हो कि भनेर गरिएको हल्लामा कुनै सत्यता नरहेको जिकिर गरे । उनले जाने मिति तय भएपनि उताबाट प्रधानमन्त्री कहिले फर्किने भन्ने मिति अहिलेसम्म तय नभएको सुनाए ।

यसअघि मृगौलाले काम गर्ने क्रम घट्दै गएपछि उनलाई फेरि सिंगापुर लैजाने तयारी भएको बताइएको थियो। मिर्गौलामा क्रेटिनिमको मात्रा बढ्दै गएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिएका थिए । साउन १८ गते सिंगापुरतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली ९ दिनको सिंगापुर बसाइपछि सोमबार फर्कदा फर्कदै आफ्नो स्वास्थ्य अवस्थाबारे केहि दिनमा थाहा पाउने बताएका थिए।

शुक्रबार मात्रै ओलीले म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो ? भन्दै बालुवाटार पुगेका झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्तासँग ठट्टा गरेका थिए ।  बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा चलाइएका निराधार हल्लाको प्रसङ्ग उल्लेख गरेका थिए ।